भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नक्कली भुटानी शरणार्थी प्रकरणः पुर्पक्षका लागि थुनामा पठाउने ?

नक्कली भुटानी शरणार्थी प्रकरणः पुर्पक्षका लागि थुनामा पठाउने ?

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने वहस आज हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्ने भएका छन् । इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीले बहस यसअघि नै सकाएका छन् ।

आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्ने बताइएको छ । त्यसपछि जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे आदेश गर्नेछन् ।

शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने हुने छैन ।

 


Thali Mobile Pvt.Ltd.