भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

घरमा आगलागी हुँदा पूर्व वडाध्यक्षको जलेर मृत्यु

घरमा आगलागी हुँदा पूर्व वडाध्यक्षको जलेर मृत्यु

कास्की । मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आगलागीमा पूर्व वडाध्यक्ष गुरुङको मृत्यु भएको वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

आइतबार राति १०ः ३० बजे आगो नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो ।

सुरजकुमार २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको हो ।

कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गेका थिए । छोरा बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ ।

आगलागीबाटसँगैको तौबहादुर गुरुङको घरसमेत जलेको वडाध्यक्ष देवीजङ्गले बताए । तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए ।

के कारणले आगलागी भएको भन्ने खुलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.