भक्तपुर । चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियान अन्तरर्गत वडा नं.४ न्याचो पौवा सहिद बस पार्कमा एभोकाडो वितरण गरिएको छ । बाग्मती प्रदेश सांसद दिवाकर श्रेष्ठको उपस्थितिमा स्थानीयलाई एभोकाडो लगायत अम्बा र कपुरका विरुवा वितरण गरिएको हो ।
आज विहान वडा अध्यक्ष रोज बहादुर तामाङ, प्रहरी, अभियान्ता र स्थानीयकाे उल्लेख्य सहभागितामा विरूवा वितरण गरिएकाे हाे । अभियान्ताहरुले एभोकाडोका ५००, अम्बाका १०० र कपुरका १०० गरि जम्मा ७०० वटा बिरुवाहरू वितरण गरिएकाे अभियान्ता रामकुमार तामाङले बताए ।
एभोकाडो वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले चाँगुनारायण एभोकाडो सिटी बनाएरै छाड्ने धारणा व्यक्त गरेकाे अभियान्ता अन्जना पाेखरेलले बताइन् । उनका अनुसार उज्यालाे हुने बित्तिकै अभियान्ताहरू स्थानीयकाे घर घरमा पुग्छन् र विरूवा वितरणमा व्यस्त रहन्छन् ।
अभियान सफल बनाउन स्थानीयकाे ठूलाे हात रहेकाे अभियान्ता बताउँछन् । अभियान सुरूभएपछि चाँगुनारायण नगरपालिकाका प्रत्येक घरपरिवारले अहिले एभोकाडो लगाउन थालेका छन् । प्रतिघर दुईवटा एभोकाडोको विरुवा त्यो पनि निःशुल्क वितरण भइरहेको छ ।
तीन वर्षसम्म निरन्तर अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीमा रुपान्तरण गरिछाड्ने अभियान्ताहरुकाे अठाेट छ । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जमरकट्टेलका राजनैतिक सल्लाहकार डि.पी. ढकालकाे परिकल्पनामा याे अभियान थालिएकाे संयोजक नरेश खड्काले कैलाश खबरलाई बताए ।
ढकाल यस अभियानकाे मुख्य संरक्षकसमेत रहेका छन् । चाँगुनारायणबासीको आय आर्जनमा टेवा पुर्याउने उदेश्यले अभियानकाे थालनी भएको सहभागि बताउँछन् । पर्यटकीय गन्तव्यका रुपमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर क्षेत्र एभोकाडो सिटीका रुपमा पहिचान बनाउन सफल हुने विश्वास लिएका छन् ।
नगरपालिकाको हेलमेटडाँडाबाट सुरुगरेको अभियान आज न्याचो पौवा शहिद पार्कसम्म पुगेकाे छ । ताथली, मिश्राटार, दुवाकोटहुदै नगरपालिका क्षेत्रभित्रका १७ हजार छ सय ८३ घरपरिवारमा वृहत एभोकाडो बिरुवा रोपिने योजना रहेको अभियान्ता रामकुमार तामाङ बताउँछन् ।
अभियानमा सबै स्थानीयको पहुँच र सहभागिता रहने भएकाले अबकाे तीन वर्षभित्र शहर हराभरा हुने र सबैले एभाेकाडाेकाे स्वादमा रमाइरहेकाे देख्न सकिने विश्वास लिएकाे यसक्षेत्रका साँसद बताउछन् ।
तस्वीरमा….
