भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दि

चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दि

भक्तपुर . चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । दुवाकोट एरियामा रहेका मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खाद्य स्टोरमा टाइचीन चिउरामा उपभोग्य मिति लेवल नभए, म्याद नाघेको तेललगायत फेला पारेको छ ।

अनुचित व्यवसायीक जन्य क्रियाकलाप गरेको भन्नै पहिलो पटक सचेतनाका लागि रु ५००० जरिवाना गरेको छ ।

पाथिभरा खाद्य स्टोरबाट म्याद नाघेको बिगुल तेल ४ पाकेट, दिव्य ५ पाकेट, क्विक्स चिजवल ६० पाटेक, क्विक्स चिप्स ४० पाकेट र चोकके अन चकलेट ३ वट्टा जफत गरि नष्ट गरिएको छ ।

साथै नगरपालिकामा दर्ता नभएहरुलाई ७ दिन भित्र व्यवसाय दर्ता नविकरण गर्न दिर्नेशन दिएको छ ।

बस्ताकोटी किराना स्टोरमा बिक्री गर्न राखेको भुजियामा उपभोग्य मिति नभएको र प्याकेजिङ्ग सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्री वितरण र म्याद नाघेको सामानहरू छुट्टै राख्न निर्देशन दिएको छ भने सचेतनाका लागि नगरपालिकाले रु २००० जरिवाना गरेको छ ।

के.एम.सी. किराना पसलमा प्याद नाघेको ध्यू १ वट्टा र कुकिज १ पाकेट नष्ट गरको छ ।

व्यवसाय दर्ता गर्न ७ दिन भित्र नगरपालिकामा दर्ता गर्न निर्देशन दिएको अनुगमन अधिकृत सुरज पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.