भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन

चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन

काठमाण्डौ । बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकाले खर्कमा रहेका बालबालिकाको लागि घुम्ती खोप शिविर सञ्चालन गरेको हो ।

वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुहरु चराउनका लागि बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको हो । सिमकोट गाउँपालिका–१ चुवाखोला वन र त्यसै पालिकाको वडा नम्बर ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिले जनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गर्नुका साथै खर्कमा रहेका अन्य बिरामीको पनि उपचार गरेको हो । स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेका हुन ,

 


Thali Mobile Pvt.Ltd.