काभ्रे । ईलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले आज काभ्रेको बनेपाबाट राजश्व छली गरी अवैधरुपमा ९२ बोरा चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । धानको बोराले छोपी लुकाई छिपाई ल्याएको ५० किलोको ९२ बोरा करिब ५ लाख ९८ हजारको चिनी बरामद गरेको हो ।
ट्रक चालक राजु तिमल्सिनासंग कुनैपनि कागजात नरहेको प्रहरीले जनाएको छ । अबैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना.६ ख. ६२१९ नं.को ट्रक, नियन्त्रणमा लिएर अनुसन्धान थालेको काभ्रे प्रहरीले जनाएको छ ।
अबैध रुपमा राजश्व छली गरी लिई आउने राजु तिमल्सिनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीको भनाइ छ ।
