भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चियालाई विश्व बजार विस्तारमा सहयोग गर्ने

चियालाई विश्व बजार विस्तारमा सहयोग गर्ने

विराटनगर । इलामको सूूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा कृषिमन्त्री घनश्याम भुुसालले चिया उत्पादन सुरु भएको १ सय ५७ वर्षपछि पहिलो पटक नेपालमा उत्पादित अर्थोडक्स चियालाई आधिकारिक ‘ट्रेड मार्क’ को प्रमाणपत्र वितरण गरे । कार्यविधि बनेको तीन वर्षपछि १२ वटा चिया उद्योग तथा उत्पादकलाई उक्त ट्रेड मार्क वितरण गरेपछि कार्यान्वयनमा आएको हो ।

नेपालको अर्थोडक्स चिया विदेश निर्यात हुुँदा अब ‘नेपाल टी, क्वालिटी फ्रम द हिमालयज’ लेखिएको लोगो राखेर निर्यात गरिनेछ । ट्रेडमार्क वितरण गर्दै कृषिमन्त्री घनश्याम भुसालले अब नेपालको अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने बताए । ‘नेपालको हावापानीमा उत्पादित गुणस्तरमा अर्थोडक्स चिया बनाइरहेका छौं । यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन ट्रेडमार्क आवश्यक रहेकाले कार्यान्वयनमा गएपछि सहज हुनेछ’, मन्त्री भुसालले भने ।

अर्थोडक्स चियालाई विदेश निर्यात गर्दा गुणस्तर तथा ब्रान्डमा एकरुपताका लागि नेपालमा पहिलो पटक चियाको व्यापारिक चिह्न प्रयोगमा ल्याइएको जानकारी मन्त्री भुसालले दिए । हाल नेपालबाट निकासी हुँदै आएको अर्थोडक्स चियामा व्यवसायीका आ–आफ्नै लोगो प्रयोग गरिँदै आएका छन् । नेपालको चियाका लागि एउटै ट्रेडमार्क कार्यान्वयन गर्न सरकारले अनुगमन गर्ने मन्त्री भुसालको भनाइ छ । उनले भने, ‘सरकारले यसको कडाइसाथ अनुगमन गर्छ ।’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लोगो निर्माण तथा वितरण मापदण्डका लागि कार्यविधि, ०७४ मै बनाएको थियो । चियाको हरियो पत्ती टिपाइ, सरसफाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिबन्धित रसायन प्रयोग नगरी उत्पादन गर्न कार्यविधिले निर्देशित गरेको छ । ट्रेडमार्क कार्यान्वयनपछि सबैले गुणस्तरीय चिया उत्पादनमा ध्यान दिने भएकाले यो नेपालका लागि ऐतिहासिक भएको गोर्खा टी स्टेट इलामका संस्थापक उदय चापागाईंले दाबी गरे ।

उनले भने, ‘हाम्रो वर्षौंदेखिको चाहना पूरा भएको छ ।’ नेपालमा उत्पादित वार्षिक करिब ५० लाख केजी उत्पादन अर्थोडक्स चियामध्ये करिब १० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ट्रेडमार्कका लागि आवेदन आह्वान गर्दा ४२ वटा उद्योगले निवेदन दिएका थिए । तीमध्ये १२ वटा मात्र ट्रेडमार्क पाउन योग्य भएका हुन् । साभार आर्थिक अभियानबाट…

 


Thali Mobile Pvt.Ltd.