भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा

चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा

काठमाण्डौ । शुक्रवार रातिदेखि नै प्रभावितहरु घर बाहिर छन् । केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । भूकम्प प्रभावितहरु चिसोको मारमा पर्न थालेका छन् । गएको शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै असर परेको छ ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पीडितलाई तीनदिनभित्र राहत पुर्याउन निर्देशन दिएको छ । भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारबाट दुई–दुई लाख रुपैयाँ तत्काल दिने तयारी भएको छ । भूकम्पबाट १ सय ५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ओढ्ने ओछ्यान नहुँदा चिसो भुइँमा पीडितहरुले रात कटाइरहेका छन् । भूकम्प पीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पुर्याएका छन्  । तर, वितरणमा ढिलाइ भएको छ । पीडित समक्ष छिटोभन्दा छिटो राहत पुर्याउन लागि परेको स्थानीय सरकारले जनाएका छन् ।

चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भूकम्प पीडितहरु राहतको पर्खाइमा छन् । खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू मर्कामा परेका छन् । चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ ।

 


Thali Mobile Pvt.Ltd.