चीन । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको ज्यान गएको छ । सिचुवान प्रान्तको शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरू ३० जनाभन्दा धेरै मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । आगलागीको कारण पत्ता लगाउन र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको प्रान्तीय अधिकारीले बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गएको जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको ज्यान गएको थियो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। भारतको राजधानी दिल्लीमा आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते हुन । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री...
एजेन्सी । हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । हमास लडाकू समूहले तीन जना रिहा गर्न लागेको हो । प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई...
एजेन्सी । भारत र अमेरिकाबीच नयाँ सहमती भएको छ । भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको हो । भारत र अमेरिकाको व्यापार असन्तुलन कम गर्न भारत...
काठमाडौं । छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने भएका छन् । दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ । निकट...