भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

जापानका झन्डै एक चौथाइ कम्पनीद्वारा कारोबारमा एआईको प्रयोग

जापानका झन्डै एक चौथाइ कम्पनीद्वारा कारोबारमा एआईको प्रयोग

जापान । जापानका झन्डै एक चौथाइ कम्पनीहरूले आफ्नो कारोबारमा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्सु एआई को प्रयोग गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म एक चौथाइ कम्पनीले कारोबारमा एआईको प्रयोग गरेका छन् भने ४० प्रतिशत कम्पनीले कुनै न कुनै रूपमा एआई प्रयोगको योजना बनाएका छन् ।

निक्केई रिसर्चले रोयटर्सका लागि गरेको सर्वेक्षणले जुलाई ३ देखि १२ सम्म ५ सय ६ वटा कम्पनीलाई विभिन्न प्रश्नहरू सोधेको थियो । सर्वेक्षणअनुसार झन्डै २४ प्रतिशत उत्तरदाताले पहिले नै आफ्नो व्यवसायमा एआई प्रयोग गरेको, ३५ प्रतिशतले एआई प्रयोगको योजना बनाइरहेको र ४१ प्रतिशतले कुनै योजना नभएको बताएका थिए । सर्वेक्षणका ६० प्रतिशत उत्तरदाताले कामदारको अभाव हटाउनका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका थिए ।

५३ प्रतिशतले श्रम लागत घटाउने र ३६ प्रतिशतले अनुसन्धान र विकासका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका छन् । तर एआई प्रयोग गर्दा प्राविधिक विशेषज्ञताको अभाव, खर्च धेरै र विश्वसनीयताको चिन्ता बढेको पनि देखिएको छ । १५ प्रतिशत उत्तरदाताले गएको वर्ष साइबर आक्रमण भएको गुनासो गरेका खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.