काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कटाक्ष गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले डा. भट्टराईकी छोरी बेलायतमा कुन आम्दानीबाट पढेको हो ? भनेर प्रश्न उठाएका हुन् । भूमिगत भएकै बेला कसरी बाबुरामकी छोरी बेलायत पढिन् भन्दै ओलीले भिसाको समेत प्रसंग उठाए ।
ओलीले भने, भूमिगत नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्टका लागि । कुन पासपोर्टबाट मानुषी जी बेलायत जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् ?
जनतालाई मूर्ख नठान्न आग्रह गर्दै ओलीले आफुले बनाएको पासपोर्टको समेत चर्चा गरे ।
प्रचण्ड बाबुराम युरोप कसरी र कुन पासपोर्टबाट घुमे ? भन्दै उनले बहुदलीय व्यवस्था पछि पासपोर्ट लिएको र धेरै जटिल्ता पार गरेपछि सक्सेस भएको जिकिर गरे । सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाए आफूहरु चुप लागेर नबस्ने फरक प्रसंगमा अध्यक्ष ओलीले बताए ।
जबराको राजीनामाले मात्रै न्यायालयभित्रको समस्या समाधान नहुने जिकिर गर्दै उनले परमादेशको फैसला गर्ने सबै न्यायाधीशको गल्टी कोट्याए । प्रधानन्यायाधीशविरुद्ध हठात्मा महाभियोग लगाए आफ्नो पार्टीले पनि परमादेशको फैसला गर्ने अरु न्यायाधीशहरु र अरु दुई जनागरी ६ जनाविरुद्ध महाभियोग लगाउने टिप्पणी गरे।
