भर्खरै : Sorry, your browser does not support inline SVG.
जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ |

जंगली च्याउमा फस्टायो पर्यटन

जंगली च्याउमा फस्टायो पर्यटन

काठमाडौं । नेपालमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ । असार ५ देखि १८ गतेसम्म अमेरिकी, मेक्सिकन लगायतका पर्यटक र नेपाली च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविर सम्मको यात्रा गरी च्याउको पारिस्थितिक प्रणाली अवलोकन गरेको हो ।

१४ जनाको टोलीले सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा गरेको थियो । मनसुन सिजनमा च्याउ प्रशस्त उम्रने भएकाले अफसिजनमा समेत च्याउ पर्यटनले पर्यटक भित्र्याउन केही सघाउ पुर्‍यायो ।

टोलीले भ्रमणका क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको थियो । यसले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको च्याउको संसार पर्यटकीय हिसावले प्रवर्द्धन गर्न प्रचुर सम्भावनायुक्त रहेको प्रष्टयाएको छ ।

च्याउ पर्यटनको सफल भ्रमण गरेर काठमाडौं फर्केका अमेरिकी पर्यटक एवं साउदर्न इडाहो माइकोलोजी एसोशिएसनका प्रवन्ध निर्देशक मिकी माइरे सगरमाथाको काखसम्मको अवलोकन अभुतपूर्व भएको बताए । जंगली च्याउको पर्यटनको सम्भाव्यता अध्ययन गरेर यसलाई प्रवर्द्धन र विकास गर्न सके स्थानीय पर्यटनलाई टेवा पुग्ने स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.