भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं । वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण दिदैछ । सोमबार र मंगलबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्ने छन् ।ललितपुरको हेरिटेज गार्डेनमा प्रशिक्षण कार्यक्रम चल्नेछ ।

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो । स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँ नगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् । कांग्रेसले गत स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.