भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

जिउँदै जलाएर पुजारीको हत्या

जिउँदै जलाएर पुजारीको हत्या

काठमाडौँ । भारत राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ । करौली जिल्लाको बुकाना गाउँमा भएको जमिन विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो ।

जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको संचारमाध्यमले जनाएका छन् ।घटनास्थल सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ । पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ ।

आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिए पनि अन्य फरार भएको करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाले बताए । तर उनीहरुको खोजीकार्यमा प्रहरी निरन्तर खटिरहेको करौली प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.