भर्खरै : Sorry, your browser does not support inline SVG.

लकडाउनमा भित्रभित्रै मौलाएकाे नक्कली डलर ठग देखि बलात्कारी सम्म भक्तपुर प्रहरीको नियन्त्रणमा

लकडाउनमा भित्रभित्रै मौलाएकाे नक्कली डलर ठग देखि बलात्कारी सम्म भक्तपुर प्रहरीको नियन्त्रणमा

रक्तिम दैलेखी / भक्तपुर । भित्र भित्रै मौलाएको गुण्डाराजलाई नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर भक्तपुर सफल भएको छ । केही दिन यता प्रहरीले सक्रियता बढाएपछि ठगी र यौनहिंसामा संलग्नलाई ठूलो संख्यामा पक्रन सफल भएको छ । समाजमा आतंक फैलाएर स्वार्थ पूरा गर्ने ती गुण्डा नाइकेहरु भकाभक प्रहरीले पक्राउ गर्न सफल भएको हो । अपराधमा संलग्न महिला, पुरुष र बालबालिका पनि संलग्न रहेको भेटिएको छ ।

प्रहरी भन्छ, ‘लकडाउनको अवधिमा अपराधिक घटना ह्वात्तै बढेको छ ।’ शुक्रवार महानगरीय प्रहरी परिसर भक्तपुरको प्राङगणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परिसरका प्रमुख प्र.उ. तारा देवी ‍‍थापाले मौलाउदै गएको र सोच्नै नसकिने गरी ठगीधन्दामा लागेका गिरोह नियन्त्रणमा लिएर सार्वजनिक गर्न पाउदा खुसी लागेको बताइन् । कार्यक्रममा वृत्त ठिमीका प्रमुख प्र.ना.उ. ऋषिराम कँडेल, परिसर भक्तपुरका सूचना अधिकारी प्र.ना.उ. केशब कुमार थेबेले यो अवधिमा प्रहरीले प्राप्त गरेको सफल्ताका बारेमा जानकारी दिए ।

भेटघाट कार्यक्रममा डलर देखाई रकम लुटपाट गर्ने लुटेराहरु र उनीहरुको साथबाट अमेरिकी डलर र नेपाली नोट गरी १ करोड १५ लाख १० हजार बराबरको नगद सहित घटनामा संलग्न गिरोहका १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ठगी गर्ने अभियुक्तहरुलाई महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान गरिरहेकाे जानकारी दिए ।

घटनामा संलग्न अन्यको खोजतलास जारी रहेको छ भने डलर देखाएर लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे ३ घर भई काठमाडौं गोकर्णेश्वर १ बस्ने खेल बहादुर तामाङ, बाह्रबिसे नपा ३ घर भई काठमाडौं गोकर्णेश्वर नपा १ बस्ने रेल बहादुर तामाङ, बाह्रबिसे नपा ६ घर भई हाल भक्तपुर मध्यपुरठिमी नपा वडा नं. ९ बस्ने श्याम बहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङलाइ सार्वजनिक गरेकाे छ ।

त्यस्तै बाह्रबिसे नपा ३ घर भई हाल भक्तपुर चारदोबाटो बस्ने विमल भण्डारी, निर्मल भण्डारी, बाह्रविसे नपा २ घर भई हाल जोरपाटी काठमाण्डौ बस्ने राज कुमार तामाङ, बाह्रविसे नपा ४ घर भई हाल लोकन्थली भक्तपुर बस्ने धन बहादुर भण्डारी, बाह्रबिसे नपा २ घर भई हाल भक्तपुर सुडाल बस्ने कमल भण्डारी, बाह्रबिसे नपा ४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने राकेश भण्डारी, बाह्रबिसे नपा ३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने सन्च बहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ५ लाख ९४ हजार ४ सय ७५ नगद, बिभिन्न कम्पनीका मोबाईल सेट १२ थान, मोटरसाईकल ५ थान (बा २७ प २७९९, लु. ६४ प ३४०१, बा. ४० प., ९६०१, प्र. ३– ०२– ०१० प. ९४३८, प्र. ३–०२–०१४ प. ०३४०), डलर भनि झुक्काउन तयार गरिएको ५ बण्डल कागजको बिटो र ४६० अमेरिकन डलर बरामद गरेकाे छ । ठगी गरेकाे १ कराेड १५ लाख रूपया कसैले माेटरसाइकल किनेका छन् भने कसैले विभिन्न ठाउँमा लगानी गरेकाे प्रहरीले बताएकाे छ । ठठी गिरोहको समुहबाट पीडित अझै सम्पर्कमा आउने क्रम जारी रहेकाले रकम अझै बढ्ने प्रहरीले जनाएको छ ।

भेटघाट कार्यक्रममा प्रहरीले सामुहिक रुपमा जवरजस्ती करणी गर्ने गिरोहलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । असोज १६ गते काठमाण्डौको रत्नपार्कमा पानीमा लठ्याउने औषधी मिसाई १७ बर्षकी बालिकालाई खुवाएर रत्नपार्कबाट भक्तपुर सम्म बसमा चढाएर ल्याई बस भित्रै जवरजस्ती करणी गरेको र जवरजस्ती करणी गर्ने व्यक्ति फरार रहेकोले प्रहरीले खोजी जारी राखेको छ ।

balatkarत्यस्तै भक्तपुर चाँगुनारायण नपा वडा नं. ८ लिवाली स्थित तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं को बस भित्र २ जना व्यक्तिहरुले निज किशोरीलाई पुन: पटक पटक जवरजस्ती करणी गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. १० का २२ बर्षिय निर कुमार खड्का र जुगल गापा ४ पाङताङका २१ बर्षिय सुर्य श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ । घटनामा संलग्न रही फरार भएका झापा चन्द्रगढी पृथ्विनगर नपा १ का २१ वर्षिय दिपेश राई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता १३ वर्षकी एक बालिकालाई ललाई फकाई डेरामा लगेर जवरजस्ती करणी गरेको आरोपमा बोडे चारदोबाटो स्थित डेराकोठाबाट दोरम्बा गापा ७ थापागाउँका २१ वर्षिय पासाङ तामाङ्गलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । त्यस्तै मध्यपुर ठिमी नपा २ धुन्चेपाखामा जवरजस्ती करणी गरी पेप्सीकोलामा ट्वाईलेटमा बच्चा जन्माई घर पछाडिको पर्खालमा फालेको अवस्थामा जवरजस्ती करणी गरी अबैध नवजात शिशुलाई जन्म दिई फरार भएका सप्तरी कञ्चनपुर नपा ९ घर भई हाल बानेश्वर बस्ने बर्ष २१ को कुश यादवलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीले ठूला ठगी गिरोहलाई मात्रै होईन पसल र घर घरमा चोरी गर्ने गिरोहलाई पनि पक्रन सफल भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले
कपडा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी स्थित एसएस कपडा कारखानाबाट ६०० थान तयारी पाईन्ट र पेगासस कम्पनीको ओभरलक गर्ने मेसिन चोरी गरी फरार भएका धनुषा गणेशमान चारनाथ न.पा. ४ का मेहबुब आलम र सप्तरी खडक न.पा १ का इजारुल अलिलाई पक्राउ गरेको हाे । चोरीमा संलग्न अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.