भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले निःशुल्क उपचार गर्दै आएको छ । नगरकोट रोडस्थित भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा कार्यालय रहेको केन्द्रले भबन भाडामा लिएर निःशुल्क उपचार सेवा दिंदै आएको छ ।
उपचारका लागि विरामीले टिकटको समेत पैसा तिर्न पर्दैन । उपचार सेवा निःशुल्क पाएपनि विरामीले औषधिसमेत निःशुल्क पाउने केन्द्रले जनाएको छ । अन्तरंग र बहिरंग दुवै स्वास्थ्य सुविधा भएको यस केन्दैमा उपचारसंगै २३ थरीका औषधिहरु पनि निशुल्क रुपमा उपलव्ध गराउँंदै आएको ।
कार्यालय प्रमुख आयुर्वेदिक चिकित्सक डा. नरेन्द्रप्रसाद गिरी बताए । नेपाल सरकारको व्यवस्था अनुसार आफूहरुले उहिलेदेखि नै सवै उपचार सेवा निःशुल्क गर्दै आएको जानकारी दिए । यसका साथै बहिरिंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म वा पञ्चकर्म सेवा, फिजियोथेरापी, अकुपञ्चर, निः शुल्क औषधि वितरण तथा सशुल्क फार्मेसी सेवा पनि रहेको जानकारी दिए ।
जिल्ला स्थित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ट वैद्य शान्ता केसीले लक्षित वर्ग विशेष सेवाहरु केन्द्रले दिंदै आएको बताइन् । जस अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य सेवा प्रवद्र्धन स्तनपायी आमा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, टाफिक प्रहरीका लागि नश्य कार्यक्रम सञ्चालित रहेका छन् ।
साथै जनचेतनामूलक कार्यक्रम अन्तर्गत राष्टिय अन्तर्राष्टिय योग दिवस, स्वास्थ्य जीवन कार्यक्रम, स्वास्थ्य जीवन प्रबद्र्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सञ्चालित रहेको उनको भनाइ छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…
साथसाथै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र सूचना सम्प्रेषण तथा प्रचार प्रसारमूलक कार्यक्रम पनि रहेको जानकारी दिइन् । यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क स्वास्थ्य सुविधा दिंदै आएको प्रति धन्यवाद दिदै सहभागिले आआफ्नो धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले जनतालाई निःशुल्क सेवा दिनु आफैमा चुनौति रहेपनि सहज सेवा दिएको प्रति प्रसंषा व्यक्त गरे । कार्यक्रममा बोल्य अन्य वक्ताहरुले नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नगरपालिका ६ चोंछे, नागरिक आरोग्य सेवा केन्द्र चाँंगुनारायण नगरपालिका ७ बागीश्वरी, नागरिक आरोग्य सेवा केन्द्र सूर्यविनायक नगरपालिका १० चितपोलमा रहेका केन्द्रहरुबाट पनि निःशुल्क सेवा दिंदै आएको प्रति बधाई दिए ।
साथसाथै चांँगुनारायण नगरपालिका वडा न ५ खरिपाटीस्थित खरिपाटी आयुर्वेद औषधालय खरिपाटी, मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित मध्यपुर आयुर्वेद औषधालय लोकन्थली भक्तपुरबाट पनि निशुल्क सेवा दिंदै आएको जाजनकारी केन्द्रले दिएको छ ।
बहिरंग सेवातर्फ असार २० गतेसम्म १९ हजार आठ सय ८० जनाले सेवा पाएको तथ्यांक केन्द्रसंग छ । पूर्वकर्म सेवातर्फ एक हजार पाँंच सय ७९ जना, फिजियोथेरापीतर्फ तीन हजार सात सय २४, अकुपञ्चरतर्फ दुई हजार आठ सय ५६, प्याथोलोजी ल्याव सेवा दुई हजार आठ सय ३१ जना र औषधि वितरणतर्फ १९ हजार आठ सय ८० जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।
