भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रतिनिधिसभा बैठकको दुई घण्टा पछि सारियो

प्रतिनिधिसभा बैठकको दुई घण्टा पछि सारियो

काठमाडौँ । प्रतिनिधि सभा बैठक दुई घण्टा पछि सारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको हो।

प्रधानमन्त्री दाहालले यसअघि दिएको अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । आइतबार बैठक सूचारु गराउँनका लागि शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा पर सार्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभाका सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न सकोस् भनी शुभकामना समेत दिएका थिए ।

सदन खुलाउँन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचडबीच सिंहदरबारमा छलफल भइरहेको छ । यो संगै प्रतिनिधि सभा बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.