पूरा विश्व नै त्रसित छ अहिले यो “कोरोना भाईरसको महामारी” ले गर्दा । मै हूँ भन्ने ठूला–ठूला विकसित देशहरू पनि अहिले यो फुच्चे (नदेखिने) भाईरसबाट डराई रहेका छन । त्यसैले भन्छन “दैवको खेल दैवलाई नै थाहा हुन्छ” । चीनको वुहान शहरबाट शुरू भएको अजब गजब प्रकारको यो महामारी कहाँबाट आयो, कसरी आयो कसैलाई थाहा छैन । प्रकृतिको अभिशाप हो अथवा मानिसको शैतानी खोपड़ीको उपज हो थाहा छैन ।
अमेरिकाले यसलाई “चाइनीज़ भाईरस” भनी रहेको छ भने चीनले भन्छ अमेरिकाले भित्र्याएको हो यो भाईरस चीनमा । तर सच्चाई के हो “हामीहरुलाई” थाहा छैन । पूरा विश्व नै आज लकडाउनको स्थितिमा छ । लाखौं मानिसहरु जता–तता अलपत्र छन, विश्वभरी मर्नेहरुको संख्या पनि एक लाख नाघि सक्यो । यस पृथ्वीमा अहिलेसम्म जीवित कुनै पनि मानिसले न देखेको र न सुनेको महामारी हो यो । बच्चा देखि लिएर बूढासम्म सबैको यो पहिलो अनुभव होला ।
अहिले यो संक्रमणको कारण विश्वभरि लागेको लकडाउनले भने यो धर्तीलाई ठुलो फाइदा पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले सफा हावाको सास फेर्न पाई रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार करिब ७५ वर्ष पछि पृथ्वीमा यति सफा हावा देखिएको हो । यस अघि दोस्रो विश्व युद्धको बेला पृथ्वीको हावा सफा थियो अरे । हाम्रो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीको संख्या, अस्पतालको क्षमता, आइसीयु र भेन्टिलेटरको संख्या निकै कम छ । कोरोना संक्रमण भएर यदि हामी अस्पताल बस्नुपर्यो भने त्यो बिकराल अवस्था हुनेछ । बिकसित देशमा त त्यो हालत छ भने हाम्रो देशमा कोरोना संक्रमण फैलियो भने अकल्पनीय हुन्छ ।
त्यसैले यदि सरकारले लकडाउन बढाउने निर्णय गर्छ भने हामीले त्यसको स्वागत गर्नु पर्छ किनकी पैसा भन्दा बढ़ी महत्वपूर्ण छ माया, ख़ुशी, आशा, स्वास्थ्य, समय, साथिहरु र हाम्रो जीवन । हाम्रो हातमा अस्पताल बस्नुको बिकल्प छ । त्यो हो एक छाक खाएर भएपनि घरभित्र बस्ने ।
हामीले लकडाउन उल्लंघन गरेमा के के हुन सक्छ ?
– हामी अस्पतालको आइसोलेसन वार्डमा एक्लै बस्नुपर्छ ।
– परिवार तथा आफन्तले भेट्न मिल्दैन ।
– कोरोना भाइरस घांटी हुँदै फोक्सोमा पुगेपछि यसले फोक्सोका कोषहरुलाई नष्ट गर्दै जान्छ ।
– फोक्सोलाई काम गर्न गाह्रो भएपछि मुटु, किड्नी, ब्रेन लगायतका अंगमा अक्सिजन सप्लाइ निकै घट्छ ।
– यसबाट फोक्सो तथा मृगौला निष्क्रिय हुन्छन ।
– मुटुमा अक्सिजन नपुगेपछि हर्ट अटयाक हुन्छ । अनि हाम्रो मृत्यु हुन्छ ।
यो प्रक्रिया यति छिटो फैलिन्छ कि हाम्रा आइसीयु तथा भेन्टिलेटरले काम नगर्न पनि सक्छन । यसै पनि हामीकहाँ भेन्टिलेटरको संख्या निकै कम छ । मृत्यु भएपछि पनि हाम्रो दाह संस्कार गर्दा आफन्तले टाढैबाट गर्नुपर्छ, छुन मिल्दैन । त्यसैले घर भित्र बस्नु बाहेक अरु बिकल्प छैन लकडाउनको उल्लङ्घन नगरौं । आफु, आफ्नो परिवार, आफन्त, समाज तथा राष्ट्रलाई सुरक्षित राख्न जिम्मेवार बनौं । कोरोना भाइरस त्यसलाई सर्छ, जो लकडाउन उल्लङ्घन गरेर घर बाहिर निस्कन्छ । आगामी १ महिना दुख सह्यौं भने हामीले यो कष्टबाट मुक्ति पाउनेछौं ।
केही सत्य र तथ्यहरू लकडाउनको अवधिमा समयले सिकायो
– आज अमेरिका अग्रणी देश रहेन ।
– चीनले तेश्रो विश्वयुद्ध शुरू गर्यो र एउटा पनि क्षेप्यास्त्र न हानेरै त्यसलाई जीतीहाल्यो ।
– यूरोपीयनहरु त्यति शिक्षित रहेनछन् जति हामीहरु सोच्थ्यों ।
– हामी आफ्नो छुट्टीहरु यूरोप र अमेरिका न गएर पनि बिताउन सक्दा रहेछौं ।
– धनीहरुको प्रतिरोधक क्षमता गरीबहरुको भन्दा धेरै कम हुंदो रहेछ ।
– कोई पास्टर, धामी, पुजारी, ग्रन्थी, हाफिज या ज्योतिषी एउटा रोगिलाई पनि बचाउन सक्दो रहेनछ ।
– स्वास्थ्यकर्मीहरु, कुनै पनि खिलाड़ी अथवा अभिनेता भन्दा ठूला हिरो रहेछन ।
– उपभोग बिना विश्वमा पेट्रोल र डिजेलको कुनै महत्व रहेन छ ।
– पहिलो चोटी चरा चुरंगी र जनावरहरुलाई पनि महसूस भयो कि यो संसार हाम्रो पनि रहेछ ।
– विश्वका धेरै कर्मचारीहरूलाई थाहा भयो कि काम त घरबाट पनि गर्न सकिने रहेछ ।
– हामी र हाम्रा संतानहरु ुजंक फूडु न खाएर पनि बाँच्न सक्दा रहेछौं ।
– एउटा सफा र हाइजनिक जीवन जिउन त्यति गार्हो रहेनछ ।
– खाना पकाउन पुरुषहरुलाई पनि आँऊदो रहेछ ।
– अभिनेताहरु त मनोरंजनको लागी मात्र रहेछन जीवनका वास्तविक नायक त अरु नै रहेछन ।
– यस्तो पनि समय आऊला थाहा थिएन, मानिस मानिसबाटै डराऊला थाहा थिएन ।
– लूडो खेल्दा–खेल्दा एउटा कुरा सिक्न पायें आज लूडोको खेलको नियम छ कि जुन गोटी घर भित्र हुन्छ त्यसलाई कसैले मार्न सक्दैन ।
हाम्रो देशमा आज लकडाउनको २६औं दिन हो । धन्यवाद छ सरकारलाई समयमै लकडाउनको निर्णय लिएकोमा र धन्यवाद छ जनताहरूलाई लकडाउनको राम्रोसंग पालना गरीदिएकोमा । धेरै–धेरै आभारी छौं भगवान श्री पशुपतिनाथजी हामीहरुको रक्षा गरीदिनुभएकोमा । यो भाईरसको उदगम स्थल चीन देशको सब भन्दा नजीकका छिमेकी हामी नै हौं । तर यो भाईरस हामीकहाँ न आएर १२,०००किमी टाढा यूरोप र अमेरिका पुग्यो । यसलाई हामी नेपालीहरुको भाग्य भनौं कि महादेवको इच्छा ।
मानिस जति विकसित हुँदै गयो त्यति नै असभ्य हुँदै गई राखेको छ । भौतिकवादी सोच र विचारधारामा अगाड़ी बढ़ने होड़मा मानवतालाई बिर्सिँदै गई राखेको छ । विश्वका यी विकसित अथवा विकासशील राष्ट्रहरु अमरिका, रूस, जर्मनी, उत्तर कोरिया, फ़्रांस, चीन, भारत र पाकिस्तान सबैले मानवजातिका विनासका लागी खतरनाक हतियार “प्ररमाणु बम” बनाएर तयार राखेका छन । के को लागी ? अर्कालाई मार्नको लागी अरे ।
कठै यो मानव बुद्धि
त्यत्रो अरबों खरबों डलर खर्च गरेर परमाणु हतियार बनाउनु भन्दा अस्पतालहरु, औषधिहरु र महामारीबाट बाँच्नको लागी सुरक्षा उपकरणहरु बनाएको भए अहिले ती देशहरुमा हज़ारोंको संख्यामा जनताहरु नमर्थे होला। तर के गर्ने मान्छे भनेकै अहंकारको मूर्ती न हो । म नै ठूलो, म नै शक्तिशाली, म नै महान, छारो महान र छारो शक्तिशाली। तिमीहरुको शक्ति त देखाई हाल्यो एउटा फुच्चे (नदेखिने) भाईरसले । अझै कति जनता अरु मर्ने हुन र कति शक्ति अरु देख्नु बाँकी छ मिमीरुको ।
माटोको संसार हो खेल्न सके खेल, बाजी ईश्वरको हातमा छ सबै विज्ञान फेल
तिमीहरु भन्दा त हामीहरु पो ठूला, शक्तिशाली र महान रहेछौं नि । ठूला यसरी की हामीहरुमा माया, प्रेम र सदभाव बाकी छ, शक्तिशाली यसरी की हामी एक अर्कालाइ मदद पु¥याएर मानवताको परिचय दिन्छौं, महान यसरी की हामीसंग जनतालाई मार्ने हथियार छैन मानवजातिलाई बचाउने धर्म, आस्था र विश्वास छ । बुद्ध जन्मेको पवित्र भूमीका वासी हौं हामी स्वाभिमानी नेपालीहरु । गर्व गर्छौं हामी आफुलाई नेपाली भन्न पाउंदा ।
यो भाईरस जसले बनाए पनि, जताबाट आए पनि यसले विश्वलाई एउटा सन्देश त दिएकै हो – “ठूलो सानो भन्ने केही हूँदो रहेनछ” । ठूला भन्नेहरु यति सानाबाट पनि डराऊंदा रहेछन कि जो देखिदै देखिदैन र सानो भन्ने यति ठूलो रहेछ कि जसले नदेखिएरै पूरा विश्व नै हल्लाई राखेको छ । अहिले यो समय हो मानवजातिलाई बचाऊने बारेमा सोच्ने, यो समय हो गरीब र असहायको सहायता गर्ने, चाहे त्यो कुनै देश, जाति, धर्म वा समूहको किन न होस । मानव जातिको सेवा गर्नु भनेको ईश्वरको पूजा र प्रार्थना गरेझैं हो । न जानेका र न बुझेका जनताहरूलाई लकडाउनको महत्व सम्झाएर आफु शिक्षित भएको परिचय दिने समय हो अहिले ।
लकडाउनको कड़ाईका साथ पालना गर्यौं भने हामीले यो अदृश्य भाईरसलाई हराउन सक्छौं । यो १०० प्रतिसत सत्य हो र यस बाहेक हामीहरुसंग अरु कुनै बिकल्प नै छैन । त्यसैले यो लेख पढने समस्त दाजुभाई दीदीबहिनीहरुमा म यो अनुरोध गर्न चाहन्छु कि सरकारको अर्को आदेश न आयेसम्म यस लकडाउनको कड़ाईका साथ पालना गरी दिनुहोस् । पटक साबुन पानिले मिची मिची हात धुनुहोस, चार पांच पटक तातो पानी पिउदै रहनुहोस, घरमै बस्नुहोस, सुरक्षित रहनुहोस र आफ्नो आफन्तहरुलाई पनि यही सुझाव र सन्देश दिनुहोस ।
“जाको राखे साईंयां, मार सके न कोय”
लेखक: दीपक बडुवाल
आठबीस नगरपालिका वडा नं ८ तिलेपाटा, दैलेख
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–११ स्थित एक पवित्र, रहस्यमयी र अनुपम धार्मिकस्थल गौंरी टाप धाम यो भूभाग केवल एक प्राकृतिक रमणीय स्थल मात्र होइन, यो मातृशक्तिको आराधना, तपस्याको...
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...
श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनद्वारा प्रचारित श्रीहरि आरोग्य साधना एक गहन आध्यात्मिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप, सेवा, सुमिरन र समर्पणको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक कल्याणलाई सन्तुलनमा...