भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

पूर्वाधार निर्माणका लागि त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

पूर्वाधार निर्माणका लागि त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाण्डौ, ८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुन थालेको छ। विमानस्थलमा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन गएरातिदेखि हरेक दिन आउँदो जेठ ४ गतेसम्म रातिको समयमा सञ्चालन बन्द गरिने भएको हो।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख इन्दुराज अधिकारी का अनुसार उक्त अवधिमा विमानस्थल क्षेत्रमा निर्माण कार्य सञ्चालन हुनेछ। हाल विमानस्थलको धावनमार्ग छेउमा रहेको ट्याक्सी मार्गमा निर्माण कार्य भइरहेको छ। यसअघि विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

रातिको समयमा विमानस्थल बन्द हुँदा उडान तथा अवतरण तालिकामा असर पर्ने भएकाले विमानस्थल कार्यालयले हवाई सेवा प्रदायक कम्पनीहरूलाई कार्यतालिका समायोजन गर्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.