भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वाधार निर्माणका लागि त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

पूर्वाधार निर्माणका लागि त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाण्डौ, ८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुन थालेको छ। विमानस्थलमा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन गएरातिदेखि हरेक दिन आउँदो जेठ ४ गतेसम्म रातिको समयमा सञ्चालन बन्द गरिने भएको हो।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख इन्दुराज अधिकारी का अनुसार उक्त अवधिमा विमानस्थल क्षेत्रमा निर्माण कार्य सञ्चालन हुनेछ। हाल विमानस्थलको धावनमार्ग छेउमा रहेको ट्याक्सी मार्गमा निर्माण कार्य भइरहेको छ। यसअघि विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

रातिको समयमा विमानस्थल बन्द हुँदा उडान तथा अवतरण तालिकामा असर पर्ने भएकाले विमानस्थल कार्यालयले हवाई सेवा प्रदायक कम्पनीहरूलाई कार्यतालिका समायोजन गर्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.