भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

कर्णाली मन्त्रिपरिषद्ले सवारी नियमावलीदेखि सडक आयोजनासम्मका निर्णय गर्‍यो

कर्णाली मन्त्रिपरिषद्ले सवारी नियमावलीदेखि सडक आयोजनासम्मका निर्णय गर्‍यो

मुख्य बुँदा

कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८२ स्वीकृत

महाबै गाउँपालिकाको सडक राष्ट्रिय प्राथमिकता आयोजनामा सिफारिस

जाजरकोटको वडावन सानाखोला सडकलाई पनि प्राथमिकता आयोजनामा राख्ने निर्णय

मन्त्रिपरिषद् बैठक मङ्गलवार बिहान बसेको थियो

सुर्खेत, ८ बैशाख । कर्णाली प्रदेश मन्त्रिपरिषद् को मङ्गलवार बिहान बसेको बैठकले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्नुका साथै विभिन्न सडक आयोजनालाई राष्ट्रिय प्राथमिकतामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता विनोदकुमार शाह का अनुसार बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो। ठकले महाबै गाउँपालिका को केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी वडावन सानाखोला सडक लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.