भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली मन्त्रिपरिषद्ले सवारी नियमावलीदेखि सडक आयोजनासम्मका निर्णय गर्‍यो

कर्णाली मन्त्रिपरिषद्ले सवारी नियमावलीदेखि सडक आयोजनासम्मका निर्णय गर्‍यो

मुख्य बुँदा

कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८२ स्वीकृत

महाबै गाउँपालिकाको सडक राष्ट्रिय प्राथमिकता आयोजनामा सिफारिस

जाजरकोटको वडावन सानाखोला सडकलाई पनि प्राथमिकता आयोजनामा राख्ने निर्णय

मन्त्रिपरिषद् बैठक मङ्गलवार बिहान बसेको थियो

सुर्खेत, ८ बैशाख । कर्णाली प्रदेश मन्त्रिपरिषद् को मङ्गलवार बिहान बसेको बैठकले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्नुका साथै विभिन्न सडक आयोजनालाई राष्ट्रिय प्राथमिकतामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता विनोदकुमार शाह का अनुसार बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो। ठकले महाबै गाउँपालिका को केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी वडावन सानाखोला सडक लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.