भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति पुनः खुला

इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति पुनः खुला

मुख्य बुँदा:

इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति खुला गरिएको

व्यक्तिगत, संस्थागत र वैधानिकीकरण सबै प्रकारका स्वीकृति खुला

फागुन १७ गतेदेखि श्रम स्वीकृति रोकिएको थियो

इराकको हकमा पुरानै निर्णय कायम रहने

आजदेखि पुनः श्रम स्वीकृति जारी हुने

काठमाण्डौ, ८ बैशाख । वैदेशिक रोजगार विभाग ले इराकबाहेक मध्यपूर्वका सबै देशका लागि रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ।

विभागका अनुसार साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनान, टर्कीइजरायल का लागि श्रम स्वीकृति खुला गरिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मा हिजो बसेको मन्त्रिस्तरीय बैठकले गएको फागुन १७ गतेदेखि अस्थायी रूपमा स्थगित गरिएको श्रम स्वीकृति पुनः खुला गर्ने निर्णय गरेको हो।

विभागले जारी गरेको विज्ञप्तिअनुसार इराकबाहेक अन्य देशको हकमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत् रूपमा खुला गरिएको छ। इराक को हकमा भने गएको मंसिर ११ गते भएको निर्णयअनुसार नै व्यवस्था लागू हुने विभागले जनाएको छ।

अमेरिकाइजरायलइरान बीचको तनाव तथा युद्धको प्रभावका कारण मध्यपूर्व जाने नेपाली युवाका लागि श्रम स्वीकृति रोकिएको थियो। नयाँ निर्णयअनुसार आजदेखि पुनः श्रम स्वीकृति जारी हुने भएको छ।

 


Thali Mobile Pvt.Ltd.