भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति पुनः खुला

इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति पुनः खुला

मुख्य बुँदा:

इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति खुला गरिएको

व्यक्तिगत, संस्थागत र वैधानिकीकरण सबै प्रकारका स्वीकृति खुला

फागुन १७ गतेदेखि श्रम स्वीकृति रोकिएको थियो

इराकको हकमा पुरानै निर्णय कायम रहने

आजदेखि पुनः श्रम स्वीकृति जारी हुने

काठमाण्डौ, ८ बैशाख । वैदेशिक रोजगार विभाग ले इराकबाहेक मध्यपूर्वका सबै देशका लागि रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ।

विभागका अनुसार साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल का लागि श्रम स्वीकृति खुला गरिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मा हिजो बसेको मन्त्रिस्तरीय बैठकले गएको फागुन १७ गतेदेखि अस्थायी रूपमा स्थगित गरिएको श्रम स्वीकृति पुनः खुला गर्ने निर्णय गरेको हो।

विभागले जारी गरेको विज्ञप्तिअनुसार इराकबाहेक अन्य देशको हकमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत् रूपमा खुला गरिएको छ। इराक को हकमा भने गएको मंसिर ११ गते भएको निर्णयअनुसार नै व्यवस्था लागू हुने विभागले जनाएको छ।

अमेरिका–इजरायल र इरान बीचको तनाव तथा युद्धको प्रभावका कारण मध्यपूर्व जाने नेपाली युवाका लागि श्रम स्वीकृति रोकिएको थियो। नयाँ निर्णयअनुसार आजदेखि पुनः श्रम स्वीकृति जारी हुने भएको छ।

 


Thali Mobile Pvt.Ltd.