भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले उक्त निर्देशन दिएका हुन । निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्न निर्देशन दिए ।

उनले विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न समेत निर्देशन दिए । तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले भने “नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु”।

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउदै उप–प्रधान तथा गृहमन्त्री लामिछानेले भने अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’ उहाँले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छौ, राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताए ।

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताए । उनले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको जानकारी दिए ।

महानिरीक्षक अर्यालले संगठनमा शुरुवात गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरु उप–प्रधान तथा गृहमन्त्री समक्ष प्रस्तुत गरेका थिए । उनले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दा समेत सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको बताउदै बृत्तिबिकासको साथसाथै पेन्सन अवधि जुनियर अधिकृतको १८ वर्ष, विल्लादार जवानको १६ वर्ष निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.