एजेन्सी । भारतको बिहारमा एक जुवाडेले आफ्नी श्रीमती हारेका छन् । जुवा खेल्ने क्रममा श्रीमतीलाई दाउमा राखेका ती जुवाडेले श्रीमती नै हारे।
बिहारको भागपुर जिल्लाका ती जुवाडेले श्रीमती हारेपछि घरबाट जान नमान्दा संवेदनशील अंगहरूमा एसिड खन्याएका छन् । श्रीमतीले श्रीमानको कुरालाई इन्कार गरेपछि आक्रोशित बनेका श्रीमानले एसिड खन्याइदिए ।
एसिड छ्यापिसकेपछि आफूलाई पतिले घरमा कैद गरेर राखेको पीडित महिलाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहे गरेको १० वर्षसम्म पनि ती महिलाले आफू आमा बन्न नसकेको बताएकी छन् । सोही आक्रोशमा पतिले आफूलाई यो सजाए दिएको उनको भनाइ छ ।
