काठमाडौं । भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको चर्चा भइरहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भेट नदिदा झन चर्चामा पुगेका छन् ।
भारतको विदेशमन्त्री, सचिव र खुफिया एजेन्सी प्रमुखले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिसँग हलुकासंग भेट्न सकिने तर भारतका प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्रीले शिष्टाचार भेट्न अनुरोध गर्दा समेत भेट्न सकेनन् । यहि विषय नेपालको राजनीतिकबृतमा चर्चाको विषय बनेको हो ।
मोदीले ज्ञवालीलाई भेट नदिनु गहिरो राजनीतिक–कूटनीतिक अर्थ रहेको नेपालमामलाका जानकार बताउँछन् । ओलीको कदममा ‘लो प्रोफाइल’ देखाएको भारतले तीन दिन दिल्लीमा रहँदा ज्ञवालीलाई भारतीय उच्चपदस्थ अधिकारीको भेट नदिनुले नेपालको कूटनीतिक अर्थ के भन्नेमा पनि विश्लेषकहरुले प्रश्न उठाएका छन् ।

