भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

ज्येष्ठ नागरिकलाई उपलब्ध निःशुल्क यातायात सेवा बन्द

ज्येष्ठ नागरिकलाई उपलब्ध निःशुल्क यातायात सेवा बन्द

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई बन्द गरेको छ ।

६५ वर्षमाथिका लाई दिइदै आएको सेवा लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि लिएको पाइएपछि ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो ।

तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएपछि कटौती गरेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए ।

तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क यातायात सेवा सुरु गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.