भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

अफगानिस्तान भूकम्पमा हजारबढीको मृत्यु

अफगानिस्तान भूकम्पमा हजारबढीको मृत्यु

काबुल । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि हजारबढीको मत्यु भएको छ ।

भग्नावशेषबाट मानिसहरूको उद्धारकार्य जारी रहेको छ । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा हेरात प्रान्तका गाउँहरू भग्नावशेषमा परिणत भएका छन् ।

सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्ति पुर्‍याउन थालेका छन् ।

मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले करिब ५०० अझै बेपत्ता रहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.