झुलाघाट नाका पाँचदिन खोलिने

झुलाघाट नाका पाँचदिन खोलिने

काठमाडौ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिन खोलिने भएको छ । भारतीय पेन्सन बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो ।

मङ्सिर ८ गते सोमबारदेखि १२ गते शुक्रबारसम्मका लागि नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर नाका खोल्न लागिएको हो ।

नाका खोल्न जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढसंग समन्वयमा भैसकेको छ । कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले पेन्सन बुझ्न समस्या भएको थियो । पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकालेसमेत आवतजावत गर्न पाउने भएका छन् । वैतडीमा एक हजार २०० बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.