ट्याक्टर दुर्घटना हुँदा जुम्लामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा जुम्लामा एकको मृत्यु

काठमाडौं । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार जुम्लाको पातारासी गाउँपालिका–६ बडिखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सामान्य उपचार पश्चात घर फर्किसकेका छन् । ट्याक्टर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खंलगाबाट लाछी बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार पातारासी गाउँपालिका–२ तल्फिका ५० वर्षीय अमिर बोहोराको मृत्यु भएको हो।

 


Thali Mobile Pvt.Ltd.