भर्खरै : Sorry, your browser does not support inline SVG.

तथ्यांक संकलन कार्यमा सरकारको अनिवार्य अनुमति लिनु पर्ने

तथ्यांक संकलन कार्यमा सरकारको अनिवार्य अनुमति लिनु पर्ने

काठमाडौं । राष्ट्रियस्तरको अनुमान र विवरण खुल्ने गरी तथ्यांक संकलन तथा प्रकाशनका लागि सरकारको अनुमति लिनुपर्ने भएको छ ।

गत भदौ २८ मा प्रमाणीकरण भएर कार्यान्वयनमा आएको ‘तथ्यांक ऐन, ०७९’ अनुसार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ,आईएनजीओ), निजी तथा सामुदायिक संस्था र व्यक्तिगत रूपमा गरिने अध्ययनले राष्ट्रियस्तरको प्रतिनिधित्व गर्ने अवस्था रहे त्यस्तो

तथ्यांक संकलनका लागि सरकारको अनुमति लिनुपर्ने भएको हो । ऐनको दफा ८ मा तथ्यांक संकलन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियस्तरका तथ्यांकलाई थप यथार्थपरक र विश्वसनीय बनाउन तथा त्यस्ता तथ्यांकको गोपनीयताको विषयलाई समेत ध्यानमा राखी राष्ट्रियस्तरको अध्ययन अनुसन्धान

सरकारभन्दा बाहिरका संयन्त्रबाट नगर्ने गरी यस्तो व्यवस्था ल्याइएको केन्द्रीय तथ्यांक विभागका नायब महानिर्देशक हेमराज रेग्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.