भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

तराईमा मच्चियो होलीको रौंनक

तराईमा मच्चियो होलीको रौंनक

काठमाडौं । रङहरुको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाइरहेका छन् ।

विशेषगरी बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक बढाए छ । कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा हिजो पहाड तथा हिमाली जिल्लामा मनाईयो भने आज तराईका जिल्लामा धुमधामसँग मनाइँदै छ ।

पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान गरी रमाइलो गरिरहेका छन् ।

होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीसमेत परिचालन गरिएको छ । होली पर्वका कारण बजारमा चहलपहल निकै बढेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.