भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

तराईमा शीतलहरको अवस्था

तराईमा शीतलहरको अवस्था

काठमाडौं । तराईका तथा मध्य तराई र आसपास जिल्लामा दिनभरि नै हुस्सु कुहिरोले छोप्ने गरेको छ । नेपालगन्ज, भैरहवा र सिमरा क्षेत्रमा अधिकतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा घटेको छ ।

अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियसभन्दा कम भिन्नता आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै भूभागमा मापन गरिएको औसत न्यूनतम तापक्रम घट्दै गएको देखिएको छ ।

हाल विशेषतः सिमरादेखि नेपालगंजका अधिकांश भूभागहरूमा शीतलहर छ । पश्चिम तराईका भूभागहरूमा मन्द शीतलहर देखिएको महाशाखाले जनाएको छ। अझ २,३ दिनसम्म यस्तै अवस्था रहने सम्भावना छ ।

जनकपुरदेखि सिमरासम्म लागेको शीतलहरको अवस्था बुधबारदेखि हटेर हाल बिहानीपख बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेको छ । सिमराभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्नुका साथै बिहान हुस्सु लाग्ने गरेको देखिन्छ । तसर्थ चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.