काठमाडौं । सीसीएमसीका निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पाँच घण्टा छलफल भएको छ ।
उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणका विषयमा छलफल भएको हो । तिहार, छठलगायत पर्व सकिएपछि कडा निषेधाज्ञा आवश्यकता भएको भन्दै सीसीएमसीका पदाधिकारीले अहिले नै निर्णय नभएको तर कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन कडा खालको लकडाउन नै गर्नेबारे छलफल भएको छ ।
