भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

तीन कोरोना सङ्क्रमितको मृत्यु

तीन कोरोना सङ्क्रमितको मृत्यु

त्रिशूली । नुवाकोटमा आज कोरोना सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा–५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।  उहाँका अनुसार कोरोना सङ्क्रमित भएर उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको हो ।

यस्तै शिवपुरी गापा–४ सिक्रेमा कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ । आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आज बिहान मृत्यु भएको सोही वडाका वडाध्यक्ष झमकराज गुरुङले जानकारी दिनुभयो । नुवाकोटभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.