तेलको मूल्य बढ्यो

तेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको प्रवक्ता बिनितमणि उपाध्ययले बताए ।

पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.