भर्खरै : Sorry, your browser does not support inline SVG.

बाराको जीतपुर सिमरामा झडप, प्रहरीले चलायो गोली

बाराको जीतपुर सिमरामा झडप, प्रहरीले चलायो गोली

बारा । जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुदा प्रहरीले १ राउण्ड गोली चलाएको छ ।

झडपलाई नियन्त्रणमा लिनका लागि गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको हो । झडपमा १० जना प्रहरी घाइते भएका छन् । घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

भिडलाई तितर बितर गर्न प्रहरीले ३४ राउण्ड अश्रु ग्यास र सर्ट गनबाट १ राउण्ड फायर गरेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना मजदुरलाई पक्राउ गरेको छ । झडप कति मजदुर घाइते भए भन्ने प्रहरीले खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.