भर्खरै : Sorry, your browser does not support inline SVG.

थप २५५ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या १६४२३ (भिडियो)

थप २५५ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या १६४२३ (भिडियो)

२४ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । आज थपिएका २५५ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/959750047786486/

कर्णाली प्रदेशमा १५५० संक्रमितमा १२९१ निको भए
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित निको हुने क्रम बढ्दो छ । प्रदेशमा हालसम्म १ हजार ५ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या २ सय ५३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आज सुर्खेत, दैलेख र मुगुमा गरी २० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।आज सर्खुेतमा १३, दैलेखमा ५ र मुगुमा २ जनामा संक्रमण देखिएको हो । आज थप भएकासहित प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.