भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेजले फेरि शुरु काठमाण्डौ–बैङ्कक उडान

थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेजले फेरि शुरु काठमाण्डौ–बैङ्कक उडान

काठमाण्डौ । काठमाण्डौ–बैङ्कक उडान थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेज इन्टरनेशनलले फेरि शुरु गरेको छ । आइतबारदेखि कोभिड–१९ का कारण काठमाण्डौको उडान बन्द गरेको कम्पनीले फेरि उडान सुरु गरेको हो ।
थाई एअरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।

कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले कोभिडका कारण सन् २०२० मार्च २५ तारिखदेखि काठमाण्डौ गन्तव्यको उडान बन्द गरेको थियो । गएको असोज ३० गते अहिलेसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो हप्ता एक सय १० हाराहारी उडान भएको थियो ।

नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । थाई एअरवेजले उडान फेरि थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.