भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी, २२ जनाको ज्यान गयो

दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी, २२ जनाको ज्यान गयो

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेको एउटा ब्याट्री कारखानामा आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरू आठ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १८ जना चिनियाँ नागरिक रहेका स्थानीय अग्नि नियन्त्रण निकायललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगो लाग्दा कारखानामा झन्डै एक सय जना कामदार थिए । ह्वासङ शहरमा रहेको एरिसेल कम्पनीको कारखानामा आज बिहान आगो लागेको हो । आगो लागेसँगै केही विस्फोटसमेत भएको छ ।

विस्फोटको डरले अग्नि नियन्त्रकहरू भवनमा जान नसक्दा आगो निभाउन घण्टौँ लागेको स्थानीय अधिकारीहरूले बताएका छन् । कारखाना भएको भवनको दोस्रो तलामा झन्डै ३५ हजार वटा लिथिअम ब्याट्री थिए । एकपछि अर्को गरेर ब्याट्री पड्किन थालेपछि आगो चाँडै फैलिएको बीबीसीले जनाएको छ । पानीले लिथिअममा सल्किएको आगो निभाउन नसक्ने भएकाले अग्निनियन्त्रकहरूले सुक्खा बालुवा प्रयोग गरेर आगो निभाएका हुन् ।

लिथिअम ब्याट्रीमा धेरै तातो हुँदा विस्फोट हुने सम्भावना हुन्छ । तत्कालका लागि आगो निभे पनि नदेखिने गरी हुने रासायनिक प्रतिक्रियाका कारण फेरि आगो फैलिने सम्भावना हुन्छ । लिथिअम ब्याट्रीको प्रयोग विद्युतीय गाडीदेखि ल्याप्टपसम्ममा हुन्छ । आगलागीको कारण थाहा भइनसकेको बीबीसीको खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.