भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छः इजरायली प्रधानमन्त्री नेतान्याहु

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छः इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताएका छन् । इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताए बीबीसीले जनाएको छ । उनले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध चलिरहने बताएका छन् ।

इजरायलविरुद्धको आक्रमणमा हमासलाई साथ दिइरहेको हिजबुल्लाह समूहको आक्रमणको बीचमा प्रधानमन्त्री नेतान्याहुले छिट्टै लेबनानी सीमामा इजरायली सेना पठाउन सक्षम हुने पनि बताएका छन् । उनले हमासको ठाउँमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी ‘अथोरिटी’ लाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि खारेज गरेका छन् ।

नेतान्याहुले उत्तरी गाजा पट्टीमा सत्ताबाट हमासलाई हटाउने र प्यालेस्टिनी ‘एन्क्लेभ’मा रहेका झन्डै सय जना बन्धकलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताए । यसैबीच रफाहवासीले इजरायली सेनाले आक्रमण बढाएको र आक्रमणबाट राहत सामग्री केन्द्रमा समेत क्षति पुगेको बताए। हमासले यी केन्द्रको प्रयोग गर्दै आएको इजरायली सेनाको भनाइ छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.