भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दशैका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

दशैका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

काठमाडौं । चार्डपर्वमा हुने यात्रुको चापलाई लक्षित गरेर असोज तेस्रो सातादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ ।

असोज तेस्रो साताबाट गाडीको अग्रिम टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवस्था विभागले गरेको हो । दसैँ, तिहार तथा छठका वेलामा अन्य समयको तुलनामा आवतजावत बढी हुने गर्छ ।

दसैँ मनाउनका लागि मात्रै घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक सरदर पाँच हजार सवारीसाधन र एक लाख मानिस बाहिरिने गर्छन । सरकारले चाडपर्वलक्षित गरेर सडक पूर्वाधार सुधारदेखि यातायात व्यवस्थापनको तयारी सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न शुक्रबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।

उक्त कार्यदलले आवश्यक अध्ययन गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने, सडक पूर्वाधारको अवस्था र सुधार गर्ने, चाडपर्वमा हुने यातायातलाई सहज बनाउनेलगायत विषयमा आवश्यक काम गर्नेछ ।

उक्त कार्यदलले एक साताभित्र मन्त्रालयले प्रतिवेदन बुझाउनेछ, सोही आधारमा यसबारे निर्णय गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.