भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

दाङमा शिक्षिकाको ज्यान गयो

दाङमा शिक्षिकाको ज्यान गयो

दाङ । दाङमा शिक्षिकाको ज्यान गएको छ । जीपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको ज्यान गएको हो । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको ज्यान गएको हो । उनलाई विद्यालय जाने क्रममा जीपले ठक्कर दिएको हो ।

पश्चिम हापुरेबाट तुलसीपुर आउँदै गरेको रा १ ज ९२३ नं को जीपले रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।
सीता शान्तिनगरमा रहेको धनौरी माविमा पढाउथिइन ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.