भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा शिक्षिकाको ज्यान गयो

दाङमा शिक्षिकाको ज्यान गयो

दाङ । दाङमा शिक्षिकाको ज्यान गएको छ । जीपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको ज्यान गएको हो । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको ज्यान गएको हो । उनलाई विद्यालय जाने क्रममा जीपले ठक्कर दिएको हो ।

पश्चिम हापुरेबाट तुलसीपुर आउँदै गरेको रा १ ज ९२३ नं को जीपले रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।
सीता शान्तिनगरमा रहेको धनौरी माविमा पढाउथिइन ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.