भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यो वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ताले जावलाखेलमा सदर चिडियाखाना भ्रमण गरे

यो वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ताले जावलाखेलमा सदर चिडियाखाना भ्रमण गरे

काठमाण्डौ । यो वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ताले जावलाखेलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको भ्रमण गरेका छन् । विहिबार एकैदिन झण्डै १२ हजार जनाले चिडियाखाना भ्रमण गरेका हुन । यो सङ्ख्या पछिल्लो एक वर्षकै धेरै भएको कोषले जनाएको छ ।

भोटो जात्राका अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएकाले पनि जावलाखेलमा जात्रा हेर्न आउनेहरु बिहानदेखि चिडियाखाना अवलोकन गर्न पनि पुगेका थिए ।

उपत्यकामा बिहानैदेखि वर्षा भएकाले पनि चिडियाखाना आउनेको सङ्ख्या कम भएको हुनसक्ने चिडियाखानाले हरेक वर्ष भोटो जात्राको अवसरमा टिकटमा पनि छुटको व्यवस्था गर्ने गरेको छ । साविकमा टिकटको दर वयस्कका लागि दुई सय रुपैयाँ, विद्यार्थीका लागि १ सय ३५ रुपैयाँ र जेष्ठ नागरिकका लागि १ सय रुपैयाँ हुने गरेकामा सबैलाई ७५ रुपैयाँमा टिकट दिइएको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष भोटो जात्राका दिनमा भने कम अवलोकनकर्ता आएका छन् । यसअघिका वर्षमा यस दिन झण्डै २२ हजार जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.