भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक

‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक

काठमाडौं । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक भएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।

चलचित्रका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का तथा रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ । यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप निर्माण गरेको छ ।

जसको प्रभाव आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । चलचित्र कात्तिक २४ गते नै नेपाल बाहेक विश्वका धेरै देशमा रिलिज हुँदैछ । सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने,

दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.