ठगीधन्दामा लागेका कोइराला पक्राउ

ठगीधन्दामा लागेका कोइराला पक्राउ

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगीधन्दामा लागेका एकजनालाई पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका– १२ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका– २० राँझा बस्दै आएका ३७ वर्षीय मोहन कोइरालाले अख्तियारको कर्मचारी हुँ भन्दै धेरैलाई ठगी गरेको पाइएपछि पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

विगतदेखि सरकारी कार्यालय तथा संघसंस्थालाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी विभिन्न सुविधा लिने गरेको सूचनाको आधारमा प्रहरी टोली खटाइ शुक्रबार पक्राउ गरेको डिएसपी डाँगीले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.