दुई जनामा कलेजो प्रत्यारोण

दुई जनामा कलेजो प्रत्यारोण

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

आइतबार कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र सोमबार झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए ।

महर्जनलाई उनकै पत्नी ४३ वर्षीया ज्ञानीशोभाले र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्राले कलेजो दिएका हुन् । अहिले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक २०७२ मङ्सिरमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

हालसम्म आठ जनाको कलेजो प्रत्यारोपण सफलतापूवर्क गरिएको अस्पतालले जनाएको छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेजस्तै कलेजो प्रत्यारोपणमा पनि निशुल्क हुनु पर्ने डा. श्रेष्ठ बताए।

 


Thali Mobile Pvt.Ltd.