भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

दुई जिल्लाको सिमा विवाद सुल्झाउने प्रयासको थालनी

दुई जिल्लाको सिमा विवाद सुल्झाउने प्रयासको थालनी

बागलुङ । बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै बढेपछि अहिले दुई जिल्लाका सरोकारवाला निकाय सीमा विवाद सुल्झाउने प्रयासमा लागि परेका छन् । केही दिनअघि भएको सरोकारवालाबीचको बैठकले यही चैत महिनाभित्रै अध्ययन प्रतिवेदन तयार गर्ने र प्रतिवेदनका आधारमा सीमा विवाद टुङ्ग्याउने सहमति भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले मध्यपहाडी लोकमार्गले जोडिएका दुई जिल्लाको सिमानामा भौतिक संरचना निर्माण हुन थालेपछि विवाद उत्पन्न भएको र यसलाई दुवै स्थानीय तहले सुल्झाउने गरी दुवै जिल्लाका सरोकारवालाबीच सहमति भएको बताउनुभयो । “भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेको थियो, हामीले काम रोक्यौँ, त्यतिबेला नै मिल्ने कोसिस गरियो तर सम्भव भएन”, अध्यक्ष पौडेलले भन्नुभयो, “त्यसपछि विवाद सिर्जना भई अझै सुल्झिन सकको थिएन, अहिले चैत महिनाभित्रै विवाद समाधान गर्ने गरी अगाडि बढेका छौँ ।”

बागलुङको भू–भागमा पर्ने रिग ताल, पातीहाल्नेलगायत विभिन्न स्थानमा रुकुम पूर्वले दाबी गर्दै आएको छ । यसका लागि पटक–पटक विवाद समाधान गर्न खोजे पनि टुङ्गोमा पुग्न सकिएको थिएन । रुकुम पूर्वको भूमे गाउँपालिकामै गएर दुवै जिल्लाका समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्ष, कर्मचारीलगायतको टोली बसेर विवाद समाधानका लागि संयुक्त कार्यदल गठन गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गले नजोडिँदा यस स्थानमा कुनै पनि विवाद आएको थिएन । त्यस स्थानमा रहेका सम्भावित पर्यटकीय क्षेत्रहरुको पहिचान पनि हुन सकेको थिएन । स्थानीय सरकारको गठन र लोकमार्गले दुवै जिल्ला जोडिएपछि सीमा विवाद हुन थालेको हो । दुवै जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा भौतिक संरचना निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ । भवन निर्माण भएको स्थान बागलुङमा भएको निसीखोला गाउँपालिकाले दाबी गरेको छ ।

मध्यपहाडी लोकमार्गको केही उत्तरतर्फ रहेको रिग ताल आफ्नो दाबी गर्दै निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण कार्यसमेत अघि बढाएको छ । सिमानामा रहेको पर्यटकीय क्षेत्रमा दुवै पक्षको बराबर हक अधिकार हुने रुकुम पूर्वस्थित भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । वर्षौँदेखि दुवै जिल्लाका नागरिकले यस क्षेत्रलाई चरिचरनका रूपमा प्रयोग गर्दै आएकाले यहाँको विकास र अवसर दुवै पक्षले गर्नुपर्ने उहाँको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.