भर्खरै : Sorry, your browser does not support inline SVG.

देशका प्रमुख सहरमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै, सम्बन्धीत निकायले ध्यान दिन जरुरी

देशका प्रमुख सहरमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै, सम्बन्धीत निकायले ध्यान दिन जरुरी

काठमाडौं । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । शहरमा छोडिएका छाडा चौपायाका कारण लुम्बिनी प्रदेश मात्रै होइन देशैभर सवारी दुर्घटनाको जोखिम बढेको हो । नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा चौपाया सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् ।

ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको गएको स्थानीयको गुनासो रहेको छ । अन्यत्रका सडकमा छाडा गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिने गरेको स्थानीयको भनाइ छ ।

पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले नियन्त्रण गर्न सबै पालिकाको समन्व आवश्यक रहेको देखिन्छ । बुटवलका सडकमा देखिने छाडा चौपाया नियन्त्रण गर्न बजारबासीले पटक–पटक आग्रह गर्दे आएका छन् । नेपालगञ्जमा पनि छाडा चौपायाको समस्या बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.