भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

दैनिक मानव स्वास्थ्यमा विषाक्त वायुमण्डलको असर देखापर्दै

दैनिक मानव स्वास्थ्यमा विषाक्त वायुमण्डलको असर देखापर्दै

भक्तपुर । विश्वकै वायुमण्डल विषाक्त एवं प्रदूषित हुँदै गएको छ । मानविय गतिविधिको कारण वायुमण्डलमा हानिकारक कणहरु जम्मा भएको छ । धुलो, धुँवाले वायुलाई अशुद्ध मात्र होइन, विषाक्त बनाइरहेको छ । विषाक्त वायुमण्डलमा बस्नेहरु फोक्सो एवं स्वासप्रश्वाससम्बन्धी रोगका शिकार बन्दै गएका छन्।

नेपालको राजधानी काठमाडौं पनि प्रदुषित बन्दै गएको छ । मानवीय कारणले वायुमण्डल विषाक्त बन्दै गएपछि यसको असरसमेत पर्दै गएको छ । राजधानी नजिकैको जिल्ला भक्तपुरमा वातावरण विभागले गरेको जाँचका क्रममा ३७ दिन धूलोको कण राष्ट्रिय मापदण्डभन्दा बढी रहेको जनाएको छ । वातावरण विभाग अन्तर्गत वायु गुणस्तर मापन केन्द्रले गरेको अध्ययन अनुसार भक्तपुरमा २ सय १४ दिन वायुको गुणस्तर मापन गर्दा ३७ दिन मापदण्ड भन्दा बाहिर रहेको जनाएको हो ।

नेपालमा सरकारले तोकेको मापदण्ड अनुसार हावामा पाइने मसिना कण पार्टिकुलट म्याटर (पीएम) २.५ को दैनिक औसत मापदण्ड ४० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने मापदण्ड रहेको छ । वायुप्रदूषणका कारण गर्भको बच्चाले समेत असर पर्ने देखिएको छ । बढ्दो वायु प्रदुषणको असर गर्भमा रहेको बच्चामा बच्चामा वौद्धिक तथा शारीरिक अपाङ्गता हुने खतरा बढेको विज्ञहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.