भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

दैलेखको आठबीस नगरको छेपाडी गाउँमा पहिरो

दैलेखको आठबीस नगरको छेपाडी गाउँमा पहिरो

दैलेख । अविरल वर्षाका कारण दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं.९ स्थित छेपाडी गाउँका विभिन्न टोलमा जमीन भासिने र पहिरो जाने गर्दा बस्तीहरु जोखिममा रहेका छन । हाल मानवीय क्षति नभए पनि विभिन्न स्थानमा गएको पहिरो र जमीन भासिने कारण स्थानीयहरु त्रसित बनेका छन । गत हप्ता देखि निरन्तर परेको झरीको कारण जमीन भत्किनुका साथै मुल बस्तीमा पहिरो गएको स्थानीय शिक्षक कलमबहादुर सिजापतिले बताएका छन ।

उनका अनुसार गाउँका कट्धारा, आदर्श प्रा.वि. छडाकाफल, बिरिया लगायतका स्थानमा जमीन भासिएको छ भने मेहलगाउँ टोल र गणेश आधारभुत विद्यालय, पूर्छा टोलमा पहिरो गएको छ । लगातारको वर्षाले गलेको जमीनमा निरन्तर पानी परेमा पहिरो जाने र स्थानीय वासिन्दाको उठीबास गराउने संभावना रहेको स्थानीय पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर सिजापतिले बताएका छन ।

मेहेलगाउँ टोलको दलित बस्तिमा सामुदायिक भवनको पूर्व र पश्चिमतर्फ ठुलो पहिरो गएको छ भने पश्चिम तर्फ घरखेत टोलका बासिन्दाहरुले बसाई सारेको स्थानीय युवा नवीनकुमार सिजापतिले बताएका छन । स्थानीय बासिन्दाहरुका अनुसार वर्षाले–राकम–तिलेपाटा–छेपाडी खण्डको बाटो ठाउँठाउँमा भत्किएको र जोखिम न्यूनिकरणका लागि सरोकारवाला निकायले समयमा नै आवश्यक सावधानी सहित पहल गर्नु अत्यावश्यक देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.