भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखको आठबीस नगरपालिकाका आगलागी पीडितलाई आर्थिक सहयोग

दैलेखको आठबीस नगरपालिकाका आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडौं । बैशाख २७ गते दैलेख जिल्लाको आठबीस नगरपालिका–६ स्थित मांल्या बुढा सामुदायिक वनमा भएको आगलागीबाट घाइते भएका नागरिकहरुको उपचार गर्न अभियान्ता रामसुन्दर बकेले आर्थिक सहयोग गरेका छन् । आगोले जलेर वर्न अस्पताल कीर्तिपुरमा उपचार गराईरहेका दैलेखका ७ जना विरमीको उपचारमा आठबीस नगरपालिकाका पर्यटन सल्लाहकार,उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार,“जेपाक्छ त्यहि बिक्छ अभियानका अभियान्ता र भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोट भक्तपुरका अध्यक्ष राम सुन्दर बकेले आर्थिक सहयोग गरेका हुन ।

आठबीस नगरपालिका दैलेखका पर्यटन सल्लाहकार बकेले एक लाख ३ हजार ६ सय आर्थिक सहयोग गरेका हुन । उक्त सहयोग आठबीस नगरपालिकाका मेयर तर्क बडुवाललाई पर्यटन सल्लाहकार रामसुन्दर बके र पर्यटन दुत अंजिर सिहँ विकले वर्न अस्पताल कीर्तिपुर पुगेर हस्तान्तरण गरेका थिए ।

सहयोग गरेकोमा सल्लाहकार बके, पर्यटन दुत विकलाई मेयर तर्कबहादुर बडुवालले धन्यवाद दिदै अन्य सहयोगी हातहरूमा आभार व्यक्त गरेका थिए । यसको समन्वय कैलाश खबर डटकमले गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.